गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
गत फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो ।
तर, पाण्डेले विश्वास मत नलिई पदबाट राजीनामा दिएका हुन् ।
गण्डकी प्रदेश सभामा ६० सदस्यी रहेका छन् ।
