गण्डकीमा मन्त्रिपरिषद् बैठक आह्वान
पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ ।
बैठक मुख्यमन्त्री कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक छलफल हुनेछ ।
त्यसैगरी, बैठकले केही विधेयकहरू प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गर्ने बुझिएको छ ।
