आधारभूत तहको विज्ञान हाजिरी जवाफ कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार ०८:२८

मकवानपुर । विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा आधारभूत तहस्तरीय विज्ञान हाजिरी जवाफ कार्यक्रम शनिवार चन्द्रोदय मावि हेउनपा ८ मा सम्पन्न भएको छ ।

कार्यक्रम वडा ८ नं. वडा कार्यालयको सहकार्यमा भएको हो ।

जिल्लाका २८ टिमले सहभागिता जनाएको कार्यक्रममा सहभागी विद्यालयलाई पालिकागत रुपमा तीन ओटा क्लस्टर बनाइएको थियो र ती क्लस्टरहरुमा प्रतियोगिता हुँदा श्री भुटनदेवी मावि, श्री कालिका मावि र युवावर्ष गङ्गा आवि , मनहरी ९ उत्कृष्ट भएका थिए ।

कार्यक्रम स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि हेउनपा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण थापा थिए ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा र विद्यालयका प्रअ जिधराज ढकाल अतिथिका रुपमा सहभागी थिए ।

छनौट चरणबाट ९ विद्यालय छनौट गरी भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ट्यान जिल्ला उपाध्यक्ष भरत पोख्रेलले राखेका थिए । भने सहजीकरण स्ट्यान सचिव सुवास खनालले गरेका थिए ।

कार्यक्रममा चन्द्रोदय मावि विव्यस सदस्य रामप्रसाद देवकोटा , स्ट्यान प्रदेश सदस्य मनिल कर्ण , नगर अध्यक्ष भुपेन्द्र यादव , नगर सचिव सुदर्शन पौडेल , नगर सल्लाहकार कुमार रुम्बा, नगर कोषाध्यक्ष रविन्द्र राउत , नगर सदस्य ईश्वर रिजाल , शिक्षकहरू अर्चना दहाल , विशाल अधिकारी , रामचन्द्र पौडेल , सविन दहाल लगायतको सहभागिता रहेको थियो ।