२४ अर्ब ७८ करोडको धितोपत्र सूचीकृत
![](https://www.tukhabar.com/wp-content/uploads/2021/05/nepal-stock-exchange.jpg)
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ६ महिनाको अवधिमा २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् ।
चालू आर्थिक वर्षको गत साउन महिनादेखि पुस महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उक्त मूल्य बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।
यसैगरी, यो अवधिसम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ ।
अर्थमन्त्रालयले चालू वर्षको बजेटको अर्धवर्षिक मूल्यांकन गर्दै सुरुदेखि २०८० को पुस मसान्तसम्मको अवधिमा उक्त संख्याका कम्पनी सूचीकृत भएको जनाएको हो ।