१५ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १६:२८
file-photo

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से १५ अंकले बढेर २१ सयको विन्दुमा उक्लिएको छ ।

अघिल्लो दिन साढे १० अंकले घटेर २ हजार ८५.८२ अंकमा झरेको नेप्से सूचक दोस्रो दिन पुनः १५.३३ अंकले बढ्दै २१ सय १.१६ अंकमा उक्लिएको हो । यद्यपी, अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ ।

नेपाली बजारमा आज ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन १० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज पनि उच्च कारोबार हुनेको शीर्ष स्थानमा हिमालयन रिइन्स्योरेन्स नै रहेको छ । कम्पनीको २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर आज दोस्रो बजारमा कारोबार भएको छ ।