विनयबाबु स्मृति प्रतिष्ठानले हात पार्यो जिल्ला स्तरीय भलिबलको उपाधी
मकवानपुर । थाहा नगरपालिकाको चित्लाङमा आयोजित २७ औं जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी विनयबाबु स्मृति प्रतिष्ठानले हासिल गरेको छ ।
थाहा– २ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई २५–१९, २५–२२ र २७–२५ को सोझो सेटमा पराजित गर्दैै उपाधी हात पारेको हो ।
प्रतियोगितामा विजयी विनयबाबु स्मृति प्रतिष्ठानले नगद ६० हजार १ रुपियाँँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता छहारी युवा समाज हेटौंडाले नगद ३० हजार रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो हुने खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका १५ वटा टिम सहभागी थिए ।
