रानी सामुदायिक वनको साधारण सभा सम्पन्न

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न भएको छ ।
समूहको २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो । कार्यक्रम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा विभिन्न विद्याका १५ जना व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, हेटौंडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक, सरिता सापकोटालगायत विभिन्न वन उपभोक्ता समूहका प्रतिनिधि, सहकारीका प्रतिनिधि, विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।