राष्ट्रपतिद्वारा स्वीटजरल्याण्डका लागि आवासीय राजदूत नियुक्त

तु खबर संवाददाता
२०८० भाद्र २२,शुक्रबार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।