नीति तथा कार्यक्रममाथि सांसद चन्द्रबहादुरले दिए मौन प्रतिक्रिया
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् ।
शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे ।
त्यसमाथि संसद्मा प्रतिक्रिया दिने क्रम चलिरहेको बताए ।
आफू पनि रोस्ट्रममा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन उपस्थित भएको बताए । त्यसपछि मौन रहे ।
उनलाई ५ मिनेटको समय दिइएको थियो । समय सकिन लागेपछि ‘सभामुख महोदय समयका लागि धन्यवाद’ भनेर बिदा भए ।
विश्वकर्मा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी एमालेबाट समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।
यस अघि नीति तथा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतकाले भने कार्यक्रम कर्मकाण्डी भएको, नीति तथा कार्यक्रम पेश गर्नका लागि मात्रै गरिएको, राष्ट्रिय गौरवका आयोजनाहरुलाई नै वेवास्ता गरिएको भन्दै २०४७ पछि नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिन गर्ने कुरा नीति तथा कार्यक्रममै राख्न माग गरेका थिए ।
