झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ ।
सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजारको कारोबार भएको छ ।
यसअघि आइतबार नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाखको कारोबार भएको थियो ।
आज नेप्सेमा झिनो अंकको सुधार देखिएसँगै १२ उपसूचक बढेको छ ।आज एकमात्र फाइनान्स उपसूचक ०.०२ प्रतिशतले घटेको छ ।