शेयर बजारमा हरियाली छायो

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार १५:५८

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । सात दिनदेखि लगातार गिरावट आएको नेप्सेमा आज झिनो अंकको सुधार देखिएको हो ।

सोमबार नेप्से सूचकांक ५.८४ अंकले बढेर २,१०६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५५ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ ।

नेप्सेमा सुधार देखिएतासँगै १० उपसूचकमा पनि हरियाली छाएको छ । आज सर्वाधिक ट्रेडिङ उपसूचक १.९७ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक १.२६ प्रतिशतले बढेको छ ।

यसैगरी, सोमबार हाइड्रोपावर उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसूचक क्रमशः ०.१० र ०.०५ प्रतिशतले घटेका छन् ।