बिहीबार पनि घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । केही दिनदेखि लगातार गिरावट हुँदै आएको नेप्से बिहीबार पनि घटेको हो ।
बिही नेप्से सूचकांक २९.७१ अंकले घटेर २१२६ को विन्दुमा कायम हुन पुगेको छ । यस्तै, नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ६२ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाखमाथिको कारोबार भएको छ ।
यसअघि बुधबार शेयर बजार ८.११ अंकले घटेर २,१५६ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ७३ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ४३ करोड २५ लाखको कारोबार भएको थियो ।
यस्तै, आज नेप्सेमा गिरावट आएसँगै सबै उपसूचकमा रातो पोतिएको छ । आज सर्वाधिक ट्रेडिङ उपसूचक २.६५, फाइनान्स उपसूचक २.२३, अन्य उपसूचक २.१२ र होटल तथा पर्यटन उपसूचक २.०२ प्रतिशतले घटेको छ ।
