कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार, केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले प्रतिवेदनसमेत पेश गर्ने एजेन्डा छ । साथै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चुनावपछि अहिलेसम्म संसदमा कांग्रेसले खेलेका भूमिकाबारे प्रतिवेदन पेश गर्ने शर्माले बताए ।
यस्तै, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे पनि केन्द्रीय समितिमा जानकारी दिने शर्माले बताए ।
