बागमती प्रदेश सभाको दोस्रो बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभाको मंगलबारको दोस्रो बैठक सुरु भएको छ । ४ः४५ बजे बस्ने भनिएको उक्त बैठक केही समयअघिबाट सुरु भएको हो ।
उक्त बैठकमा शून्य समय र विशेष समय नरहने बागमती प्रदेश सभाका सभामुख भूवन कुमार पाठकले जानकारी दिए ।
उनका अनुसार, सो बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल हुनेछ ।
यसअघि आजै बसेको प्रदेश सभाको पहिलो बैठकमा सरकारको तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।