मंगलबार शेयर बजारमा हरियाली छायो

तु खबर संवाददाता
२०८० असार १२, मंगलवार १८:३८
file-photo

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५५.६९ अंकले बढेर २१८५.११ को विन्दुमा कायम भएको छ ।

आज २७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज तीन उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ ।

आज कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ ।

आज कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएको छ ।