१६ अंकले बढ्यो नेप्से, ५ अर्वमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्था बुधबार शेयर बजारमा हरियाली छाएको छ । बजार आज नेप्से १६.४२ अंकले बढेको हो । योसँगै बजार २०३७.०६ को विन्दुमा पुगेको छ ।
यस्तै, आज कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ । बुधबार नेप्सेमा ७९ हजार ४६१ वटा कारोबारमा १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । यो दिन अन्य समूह सर्वाधिक २.३५ प्रतिशतले उकालो लागेको छ ।
