प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्ने भएको छ । एमालेको अवरोधका कारण मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाए ।
२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय पछि धकेलिएको हो ।