उप–निर्वाचन : आज मतदान हुँदै

तु खबर संवाददाता
२०८० बैशाख १०, आईतवार ०८:१४

काठमाडौं । आज तीन निर्वाचन क्षेत्रमा उप–निर्वाचन हुँदैछ । निर्वाचन आयोगले बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उप–निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।

मतदान साँझ ५ बजेसम्म संचालन हुनेछ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ ।

मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ ।