शेयर बजारमा २८ अंकको गिरावट, एक अर्ब १५ करोडको कारोबार

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १६:०६

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंगको गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६८ कम्पनीको ३८ लाख ३० हजार २७७ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १५ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमार रहेका १३ वटै उपसूचक आज राताम्य छन् । सर्वाधिक हाइड्रोपावर उपसूचकको २.३५ प्रतिशतले घटेको छ । त्यस्तै, आज निर्जीवन बीमा उपसूचकको १.८२, जीवन बीमा उपसूचक १.९२ प्रतिशतले घटेको छ ।