कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार ०९:४५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो ।

उक्त बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ ।