बागमती प्रदेश सभाको बैठक : दुई वटा विधेयकमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा दुई वटा विधेयकमाथि छलफल भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विचार गरियोस् भनि टेबुल गरेको ठकमा दुई वटा विधेयकमाथि दफाबार छलफल भएको हो ।
बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले प्रस्तुत गरेको स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल भएको हो ।
उक्त बैठकमा ती दुबै विधेयकहरुको सैद्धान्तिक छलफलका क्रममा सदस्यहरुले निजामति कर्मचारीहरुलाई काम, कतव्र्य र अधिकारप्रति प्रतिबद्ध हुने र जनताप्रति सेवाभावले सँधै काम गर्ने माहोल तयार गर्न प्रदेश सरकारले गम्भीर ध्यान दिई प्रदेशसभाका सदस्यहरुको सुझाव अनुरुप दुबै ऐनलाई पारित गर्नेतर्फ अग्रसर हुनुपर्ने धारणाहरु राखेका थिए ।
कर्मचारीहरुले पनि काम, कर्तव्य र अधिकारप्रति जवाफदेही हुँदै प्रदेश सरकार र जनताप्रति उत्तरदायित्व बोध गर्ने गरी जनताप्रति सेवाभाव र उनीहरुको समस्यलाई बुझेर दलगत स्वार्थ भन्दा माथि उठेर कामकाज गर्न निर्देशित हुनुपर्ने सुझावहरु दिएका थिए ।
उनीहरुले यी दुबै विधेयकलाई कानूनविद्हरुसँग विचार विमर्श गरेर प्रदेश सभामा दफाबार छलफल गराएर मात्रै पारित गराउँदा सरकारले दीर्घकालिन रुपमा कार्यान्वयन गर्न सघाउँ पुर्याउने स्पष्ट पारेका पारेका थिए ।
सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले छलफलमा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिँदै सरकारले दलगत स्वार्थभन्दा माथि उठेर ती दुबै विधेयकहरुलाई प्रदेश सभाको पूर्ण बैठकमा दफाबार छलफल गराई उनीहरुले दिएको सुझाव अनुरुप ऐनमा समावेश गरी पारित गर्नेतर्फ सरकार लागि पर्ने प्रतिबद्धता जनाए ।
उनले स्थानीय निकायलाई अझ प्रभावकारी र गतिशिल तुल्याउन निजामति कर्मचारीहरुको भूमिकालाई सशक्त ढंगबाट परिचालन गर्न र काम, कर्तव्य अधिकारप्रति सचेत गराउने उद्देश्यले र सरकारले उनीहरुको सेवा सुविधालाई उच्च प्राथमिकतामा राखेर जनमुखी सेवालाई पार्दशी र जवाफदेही बनाउने उद्देश्यले ती दुबै ऐनहरुलाई संशोधन गरी पारित गर्नेतर्फ सरकारको पहल हुने बताए ।
यस्तै, बागमती प्रदेश सभाको आजै अपराह्न बसेको पहिलो बैठकको शून्य ७ जना प्रदेश सभाका सदस्यहरुले जनजीविका र राष्ट्रिय सरोकारसँग सम्बन्धित समस्यालाई प्रदेश सरकारले पनि गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने धारणा रोखका थिए ।
उनीहरुले प्रदेशको विभिन्न शहरहरुमा वित्तिय संस्था र सहकारीहरुले सर्वसाधारणसँग बचग गर्ने भनेर बचत असुल गर्ने र पछि ती रकम सम्बन्धित व्यक्तिलाई फिर्ता नगर्ने समस्याले सयौ सर्वसाधारणको घरबारबिहीन हुनु पुगेकोमा दुःख व्यक्त गर्दै प्रदेश सरकारले ती व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्नुपर्ने माग गरेका थिए ।
बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँले प्रदेश सभाको अर्को बैठक फागुन १३ गते अपराह्न ४ बजे बस्ने गरी आजको बैठक स्थगित गरेकी थिइन् ।
