बकैया जेसिसको अध्यक्षमा बस्नेत

तु खबर संवाददाता
२०७९ पुष ११,सोमबार १७:५४

मकवानपुर । बकैया जेसिसको पहिलो साधरणसभाले सन २०२३ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार भएको साधारणसभाले आमोद बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधरणसभाले जितेन्द्र दाहाल र शुसिल घिमिरेलाई कार्यकारी उपाध्यक्ष पदमा र सुदिप दुलाल, आशिष बास्तोला, दीपेश देवकोटा र अजय फूँयाललाई उपाध्यक्ष पदमा चयन गरेको हो ।

बकैया जेसिसका संस्थापक अध्यक्ष रमेश फूँयालको अधक्ष्यतामा सम्पन्न सभामा बकैया जेसीजको मातृशाखा हेटौड़ा जेसीज का २०१५ का अध्यक्ष दीपक राज मिश्रले निर्वाचन आयुक्तको भूमिका निर्वाह गरेका थिए ।