सोमबार ५६.८६ अंकले बढ्यो नेप्से, कारोबार २ अर्बमाथि
काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लामो समयदेखि गिरावट हुँदै आएको शेयर बजारमा आज हरियाली छाएको हो । आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजार बढेसँगै आज कारोबार रकम समेत बढेको छ । केही महिनायता एक अर्ब वा सो भन्दा तल करोडमा सीमित हुने कारोबार रकम आज बढेर २ अर्बमाथि पुगेको हो ।
