सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार १७:३१
file-photo

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ ।

मंसिर महिनामा बैंकहरुले ब्याजदर नबढाई यथावत् राख्ने विषयले गर्दा पनि आज शेयर बजारमा सुधार देखिएको हो । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सपेमा सूचीकृत केही बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मर्जरको प्रक्रियामा रहेका कारण पनि नेप्सेले सो कम्पनीहरुको शेयर कारोबार रोक्का गरिदिएको छ ।