नवौं राष्ट्रिय खेलकुद : आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार १०:२९

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत आज महिला क्रिकेटमा दुई खेल हुने भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिस्प्रर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ भने समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।