कांग्रेसले मकवानपुरको ४ वटा क्षेत्र पाउनुपर्छ : सहमहामन्त्री डीना

तु खबर संवाददाता
२०७९ भाद्र २८, मंगलवार १८:०२
file-photo

मकवानपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डीना’ ले आसन्न निर्वाचनमा संघको एकसहित प्रदेशको ३ वटा गरी मकवानपुरको ४ वटा क्षेत्रमा कांग्रेसले पाउनुपर्ने बताएकी छिन् ।

मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै सह–महामन्त्री डीनाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसले पाउनुपर्ने बताएकी हुन् ।

सह–महामन्त्री डीनाले मकवानपुरमा शक्ति सन्तुलनको हिसाबले पनि कांग्रेसले प्रतिनिधि सभाको १ र प्रदेश सभाको ३ क्षेत्रमा क्षेत्र दावी रहने बताएकी हुन् । अन्य दलहरुले पनि संघ र प्रदेशमा आ–आफ्नो दावी गरेका कारणले सो विषयमा केन्द्रीय गठबन्धनको बैठकमा छलफल हुने उनको भनाई छ ।

उनले कांग्रेसभित्र कुनै पनि अन्तर विरोध नरहेको भन्दै आगामी निर्वाचनमा सक्रिय ढंगबाट कांग्रेस र गठबन्धन जिताउन सबै मिलेर अघि बढ्ने बताइन् । उनले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादु्र बानियाँसँगको बाहिर सार्वजनिक भए अनुसारको अन्तर विरोध नरहेको र मिलेर नै अघि बढिरहेको बताइन् ।