मकवानपुरमा रग्बी खेल हुँदै

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार ०९:१५

मकवानपुर । मकवानपुरमा रग्बी खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच दुई मैत्रीपुर्ण खेल हुने भएको हो । मकवानपुरमा पहिलो पटक उक्त खेल हुन लागेको हो ।

आगामी भदौं १० गते र ११ गते दुई जिल्लाका रग्बी संघबीच मैत्रीपुर्ण खेल खेल्ने तय भएको मकवानपुर जिल्ला रग्बी संघका अध्यक्ष लिला कुमार घलानले जानकारी दिए । उनका अनुसार, उक्त खेल हेटौंडा उपमहानरपालिका वडा नम्वर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । खेलमा महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । यसअघि मकवानपुरका रग्बी टिम खेलाडी चितवन र काठमाडौंमा खेल्दैै आएका थिए ।