विपन्न २० परिवारलाई स्वास्थ्य बिमा

मकवानपुर । बकैया गाउँपालिकाको ५ नम्वर वडा अध्यक्ष लक्ष्मी जिम्बाले वडाभित्र बसोबास गर्दै आएकानु अपाङ्ग, एकल महिला तथा विपन्न २० घरपरिवारलाई आफुले प्राप्त गरेको सेवा, सुबिधा तथा भत्ताबाट स्वास्थ्य बिमा गरिदिएका छन् । वडाध्यक्ष जिम्बाले बिहीबार एक कार्यक्रमबीच उनीहरुको स्वास्थ्य बिमा गरिदिएका हुन् ।
स्वास्थ्य बिमा पश्चात बिमितहरुले असहाय ,गरिब, दुखीहरुका लागि पनि सोच्ने र इमान्दार कर्तव्यनिष्ठ अभिभावकको रुपमा वडा अध्यक्ष पाएकोमा खुसी व्यक्त गरे । यसै क्रममा अध्यक्ष जिम्बाले यो सुरुवात भएको तर, अन्त्य भने नभएको उद्घोष गरे । लक्ष्मी जिम्बाको सभाध्यक्षता भएको कार्यक्रममा वडा सचिव पुजन न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु ज्ञानिमाया विश्वकर्मा, सोम बहादुर माझी,अमृत थिङ , राजदमार आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज सम्झना राना मगर, नेपाली कांग्रेस बकैयाका सचिव सुनिल दर्लामी र बिमाकर्ता एवम् कर्मप्राप्ति माविका शिक्षक मदन दाहाल लगायतको सहभागीता गरेको थियो ।