एन्फा कार्यसमिति बैठक साउन २ गते

तु खबर संवाददाता
२०७९ असार २६, आईतवार १८:०६
file-photo

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । एन्फा महासचिव किरण राईका अनुसार, आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग (एनएसएल) लगायत विभिन्न विषयमा छलफल गर्नका लागि बैठक बोलाएको हो ।

एनएसएल आयोजनाका लागि अघिल्लो कार्यसमितिले आयोजकलाई भदौदेखि कात्तिकसम्मको मिति उपलब्ध गराइसकेको छ । तर, ए डिभिजनका असन्तुष्ट चार क्लबले एन्फासँग छलफल गर्दै एनएसएलसँगको सम्झौता नै रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ । यी विषयको बारेमा कार्यसमितिमा छलफल हुनेछ ।