बिहीबार ४६ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ असार ९, बिहीबार १६:०३

काठमाडौं । आज साताको पाँचौ दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ४६ अंकले घटेको हो । बुधबार ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगेको नेपसे परिसूचक बिहीबार ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ ।

यस्तै, नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । यसअघि नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको थियो ।

आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । । आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली, शिवम् सिमेन्ट्स, एनसीसी बैंक, अरुण काबेली पावर र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ ।