यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमा महाशाखाले हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहनुका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको कही स्थानहरूमा वर्षा भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार, सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
