आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ जेष्ठ २१, शनिबार ०८:४९
file-photo

काठमाडौं । मौसम पूर्वानुमा महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

शनिबार प्रदेश १, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका कही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।