प्रचण्डले ओलीलाई भने – ‘फेरि प्रधानमन्त्री भएर देखाउन देखाउनुस्’

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १३:१०
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रचण्डले शनिबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीलाई सो कुराको चुनौती दिएका हुन् ।

उनले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादीको बैशाखी टेकेर भएको हो, दोस्रो पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’ राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै पनि अहंकार र दम्भबाट पछि नहटेको बताए ।