बकैया ७ को अध्यक्षमा माओवादीका सिंतान विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १३:५६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर सिंतान विजयी भएका छन् । मंगलबार सम्पन्न मतपरिणाम अनुसार, सिंतान ९८६ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पोसबहादुर घिमिरेले ८२९ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका उम्मेद्वार पुर्ण प्रसाद तिमलसिनाले ७ सय ८ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार जितलाल भोम्जनले ८० मत प्राप्त गरेका छन् ।