हेटौंडा २ को १४१८ मतगणना : राप्रपा अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १२:४६

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म १ हजार ४ सय १८ मत गणना भएको छ । जसमा राप्रपाबाट मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले ७८६ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २७३ मत, गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २७२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ७३६, एमालेकी सुमित्रा काफ्लेले ३६६ र राप्रपाकी इन्दिरा डल्लाकोटीले २४२ मत पाएकी छिन् ।

वडा अध्यक्षमा गठबन्धनका विष्णु गोपाल महर्जनले ५७२, नेकपा एमालेका हरि राउतले ३९० मत, राप्रपाका किशोर ढकालले २६३ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकले १६१ मत पाएका छन् ।