हेटौंडामा सर्वदलीय बैठकको तयारी

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार २२:३९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ । हेटौंडा– २ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका प्राप्त भइसकेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना प्रारम्भ गरिने भएको हो । हेटौंडा उपमहानगरपालिकाको मतगणना सिद्धार्थ माद्यमिक विद्यालयमा गरिँदै छ ।

मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।

यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।