आज यी प्रदेशमा वर्षाको सम्भावना
२०७९ बैशाख १२, सोमबार ०९:०९
काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा स्थानमा स्थानीय वायु प्रभाव रहनुका साथै प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
