२१ हजार प्रहरीको बढुवा गर्न बाटो खुल्यो
काठमाडौं । तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेसँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार, मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको हो ।
सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो । तर, नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने थियो । एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्ने गरी नियमावलीमा संशोधन गरिएको गृहमन्त्रालय स्रोतले बताएको छ ।
