हेटौंडाका कार्कीसहित दुई जना पक्राउ
पर्सा । पर्सा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट लागूऔषध नाईट्राभेट ३२७ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेटसहित आइतबार बेलुकी दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बस्ने २० वर्षीय प्रनिक कार्की र नुवाकोटको लिखु गाउँपालिका वडा नम्वर ३ बस्ने २० वर्षीय लक्ष्मण न्यौपाने रहेका छन् । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएपनि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
