यस्तो रहनेछ आजको मौसम
२०७८ फाल्गुन १४, शनिबार ०८:४२
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहेको छ ।
शनिबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरूमा तथा बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै आज देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
