एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय समितिको बैठक आज (आइतबार) साँझ बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्ता गठबन्धनमा रहेका दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएको दिन एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
बैठक आइतबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एक नेताले जानकारी दिए । एमालेले सोमबार विहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । नेकपा एमाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको विपक्षमा छ । एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश हटाएर न्यायालयको समस्या समाधान नहुने बताउँदै आएका थिए ।
