मकवानपुरमा संक्रमित भन्दा निको हुनेको संख्या बढी
मकवानपुर । मकवानपुरमा मंगलबार कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या बढी रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ४५ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, जिल्लामा सो अवधिमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभर ३७ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ७५३ जना पुगेको छ । सो अवधिमा संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय जनाएको छ ।
