कोरोना विरुद्धको खोप लगाउन विद्यालय खोल्ने
मकवानपुर । सरकारले यही यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान संचालनका लागि विद्यालयहरु खोल्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढेसँगै माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको सरकारले खोप अभियान संचालन गर्न विद्यालय खोल्ने भएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको हो ।खोप व्यवस्थापन कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिइसकेको छ । खोप अवधिमा खोपको प्रभावकारी वितरणलाई अभियानको रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी सञ्चालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
