आन्तरिक हवाई यात्रामा नयाँ नियम लागु

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १८:०२
file photo

काठमाडौं । सरकारले आन्तरिक हवाई यात्रामा नयाँ नियम लागु गरेको छ । गृहमन्त्रालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नियम लागु गरेको हो । नयाँ नियम अनुसार, हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । बैठकमा यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै स्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।

नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ । यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ ।