स्वास्थ्यका कर्मचारीको ३ महिना करार थपिने

तु खबर संवाददाता
२०७८ पुष २९, बिहीबार १६:३९

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा आवश्यकता अनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको हो ।

यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ३५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।