मकवानपुरका थिङसहित तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ पुष २८, बुधबार १५:१९
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–८ सिमपानीबाट बुधबार बिहान २० किलो ५ सय ग्राम चरेश र १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तबहादुर थिङ रहेका छन् । अन्य दुई जनाको भने हाल नाम खुलेको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।