विवेकशील साझाका संयोजक पाण्डेले बनाए समानान्तर कमिटी
काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले समानान्तर कमिटी बनाएका छन् । पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा पार्टी अगाडि बढाएपछि त्यसमा असहमती जनाउँदै पाण्डेले बुधबार समानान्तर कमिटी बनाएका हुन् ।
यता पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशन गरेका हुन् । ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’का लागि भन्दै मिलनले २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् । सुदृढीकरण अभियानमा हालमा १२९ केन्द्रीय सदस्यलाई यथावत् राखिएको छ भने ५५ जना थप गरिएको छ ।
थपिनेमा प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामांग, महेन्द्र आचार्य, कल्याण अधिकारि, बिमला रोक्का, डा. बोध राज पराजुली, सुबास भारती, ई। प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, डा। फडिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा रहेका छन् ।
त्यसैगरी नवराज कार्की, सुवास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेश कुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने (चाउ), भोला रिजाल, रविन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी, भिम नारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु केसी, निर्मल फुयाल, सम्झना उप्रेती, डा. गोविन्द आचार्य, राम बाबु यादव, उत्तम खनाल थपिएका छन् । बाँकी १७ जना दोस्रो चरणमा थपिने अभियानले जनाएको छ । ।
