नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटौंडाकी बस्नेत
मकवानपुर । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटौंडाकी रश्मी बस्नेत निर्वाचित भएका छन् । जेसीजको ४८ औं महाधिवेशनअन्तरगत महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएका उनी सर्वाधिक मतसहित जिर्वाचित भएका हुन् । १२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवारहरुका बीच प्रतिस्पर्धा भएको थियो ।
मतदानमा कुल १ हजार २ सय ६८ मत खसेको थियो । जसमध्ये बस्नेतले ९ सय ३३ मत प्राप्त गरेकी थिइनु् । राष्ट्रिय उपाध्यक्षमा निर्वाचित बस्नेत हेटौंडा लेडी जेसीज वर्ष २०१२ को अध्यक्ष हुन भने वर्ष २०२१ को प्रमुख सल्लाहकार थिइन् । नेपाल जेसीजको अध्यक्षमा भने लालमणि भण्डारी चयन भएका छन् ।
