हेटौंडा लेडीद्वारा सुत्केरीलाई फलफुल वितरण

तु खबर संवाददाता
२०७८ फाल्गुन २५,बुधबार ०९:५८

मकवानपुर । जेसीआई हेटौंडा लेडीले हेटौंडा अस्पतालमा रहेका सुत्केरीलाई फलफुल वितरण गरेको छ । हेटौंडा लेडीले मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा रहेका २० सुत्केरी महिलालाई फलफुल वितरण गरेको कार्यक्रम संयोजक इन्दिरा बानियाँले जानकारी दिइन् ।

कार्यक्रम अस्पताल व्यवस्थापनका अध्यक्ष राजेश प्रसाईको प्रमुख अतिथ्यता तथा लेडी जेसीसका अध्यक्ष कविता पौडेललको अध्यक्षतामा भएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, पुर्व अध्यक्षहरु क्रमशः सुशीला पौडेल, रश्मि बस्नेत, मातृ शाखाका कार्यकारणी उपाध्यक्ष शिव श्रेष्ठलगायत जेसीआईका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।