हेटौंडा लेडीको अध्यक्षमा पौडेल

तु खबर संवाददाता
२०७८ पुष १६, शुक्रबार ०९:३८

मकवानपुर । जेसीआई हेटौंडा लेडीको अध्यक्षमा कविता पौडेल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचन प्रक्रियाबाट पौडेलको नेतृत्वमा वर्ष २०२२ का लागि सर्वसम्मत पदाधिकारी चयन भएको हो ।

निर्वाचनबाट जेसीआई हेटौंडा लेडीको कार्यकारिणी उपाध्यक्षमा सजिता केसी र सुनिता राई निर्वाचित हुँदा उपाध्यक्षमा इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र सरस्वती थिङ निर्वाचित भएको निर्वाचन आयुक्त सुशीला पौडेलले जानकारी दिइन् । निर्वाचनमा सबै सदस्यको सहयोगमा नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न सफल भएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।